FAQs Complain Problems

वस्तुस्थिति विवरण

नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते गरेको स्थानीय तहहरुको घोषणामा साविक छिन्ताङ, खोकु र आँखिसल्ला गाविसहरुलाई समेटेर यस खाल्साछिन्ताङ सहीदभूमि गाउँपालिकाको स्थापना भएको हो। जननिर्वाचित प्रतिनिधिहरुको प्रथम गाउँसभाले यस गाउँपालिकाको नाम संशोधन गर्ने सिफारिस गरे बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार मिति २०७४/०९/२४ गते नेपाल राजपत्रमा “सहिदभूमि” नाममा प्रकाशन भए पछि सोही नाम कायम भएको छ । ९९.५५ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाविसको जनसंख्या २०६८ सालको जनगणना अनुसार १८७६० जना रहेको छ । हाल यसको केन्द्र साविक खोकु गाविसको पिप्लेलाई तोकिएको छ । अरुण र तमोर नदी तथा मार्गा पोखरीले घेरिएको यस गाउँपालिकाको पूर्वमा धनकुटा न.पा., पश्चिममा उदयपुर,सुनसरी र भोजपुर जिल्ला, उत्तरमा पाख्रीवास न.पा. र दक्षिणमा साँगुरीगढी गाउँपालिका रहेको छ ।


तथ्याङ्कमा सहिदभूमि :

१. क्षेत्रफल : ९९.५५ वर्ग किलोमिटर
२. जनसंख्या : १७७६७
पुरुषको जनसंख्या- ८७७७ (४९.४%)
महिलाको जनसंख्या- ८९९०(५०.६%)
३. जनघनत्व : १७८
४. परिवार संख्या : ४०९०
५. वार्षिक जनसंख्या वृद्धिदर : -१.०३ %
६. प्रदेश सभा निर्वाचन क्षेत्र : वडा नम्बर १,२,३,६ र ७ (प्रदेश सभा निर्वाचन क्षेत्र 'क' )
वडा नम्बर ४ र ५ (प्रदेश सभा निर्वाचन क्षेत्र 'ख' )
७. जम्मा वडा संख्या : ७
८. विदेशमा कम्तिमा १ जना सदस्य रहेको परिवार संख्या : ८४७
९. अनुपस्थित (बिदेशमा भएको) जनसंख्या : १०२९
महिला- १३५
पुरुष – ८९४
१०. साक्षरता दर : ७८.५%
पुरुष साक्षरता दर – ८४.४%
महिला साक्षरता दर – ७२.७ %
११. परिवारको औसत आकार : ४.३४
१२. जम्मा कृषक परिवार : ४००७
१३. कृषक परिवारले चलन गरेको जग्गाको :
(क) जम्मा क्षेत्रफ़ल (हेक्टरमा) : २८३९.९,
(ख) जम्मा कित्ता संख्या- ८३५१
(ग) सिंचित क्षेत्रफ़ल- ३३२.४
१४. बसोबास गर्ने प्रमुख प्रमुख जात-जाति : राई(१४१०१), क्षेत्री(१२७४), विश्वकर्मा(४७६), मगर (३७९) मिजार(३७८), परियार(३१२), नेवार (२३४), माझी (२२८)

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//